
काठमाडौं ।
बोइङ तथा एयरबस जस्ता विमान निर्माता कम्पनीका कार्यकारीहरुले हालै अमेरिकामा फाइभजी वायरलेस सेवाको विस्तारमा ढिलाइ गर्न माग गरेका छन्।
बोइङका सीईओ डेभ क्याल्हन तथा एयरबस अमेरिकाका सीईओ जेफ्री निट्टेलले सोमबार बाइडेन प्रशासनसमक्ष उक्त प्रस्ताव गरेका हुन्।
उनीहरुका अनुसार यो वायरलेस सेवाले हवाइ उड्डयनलाई प्रभाव पार्ने भएकाले यस्तो सेवामा ढिलाइ गर्नु उत्तम हुने भएको हो।
ती कार्यकारीहरुले अमेरिकी यातायात सचिव पेट बुट्टिगेगलाई संयुक्त पत्र लेख्दै एटीएन्डटी तथा भेरिजोनले विस्तार गर्न लागेको सी ब्यान्डको फाइभजी वायरलेस सेवा रोक्नका लागि पहल गरिदिन आग्रह गरेको रोयटर्सले जनाएको छ।
‘फाइभजीको तरंगले विमान सञ्चालनका बेला सुरक्षा चुनाैति उत्पन्न गर्न सक्छ’, उक्त पत्रमा भनिएको छ।
यसबाहेक उक्त सेवाले उड्डयन क्षेत्रमै नकारात्मक असर पार्न सक्ने उनीहरुको भनाइ छ।
यस सन्दर्भमा उद्योग तथा संघीय उड्डयन प्रशासन एफएएले रेडियो अल्टिमिटरलगायतका विमानका सम्वेदनशील विद्युतीय उपकरणमा फाइभजीको सम्भाव्य नकारात्मक असरको बारेमा चिन्ता व्यक्त गरेको छ।
प्रकाशित: ६ पुष २०७८, मंगलवार