गुगलद्वारा स्मार्ट स्पिकर गुगल होम मिनीको उत्पादन बन्द

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
गुगलद्वारा स्मार्ट स्पिकर गुगल होम मिनीको उत्पादन बन्द

काठमाडौं ।

गुगलले आफ्नो स्मार्ट स्पिकर गुगल होम मिनीको उत्पादन बन्द गर्ने भएको छ।

९टू५गुगलको हालैको एक रिपोर्ट अनुसार  गुगल पिक्सेल२, २ एक्सएल तथा गुगल होम म्याक्स सँगै नु २०१७ मा सार्वजनिक भएको गुगलको ५० डलर मूल्य पर्ने स्मार्ट स्पिकरको माैज्दात् गुगलका स्टोरहरुमा समाप्त भएको छ।

गुगलका अनलाइन स्टोरहरुमा गुगल होम मिनिको स्टाटस ‘उपलब्ध छैन’ भन्ने शीर्षकमा सूचीकृत गरिएको छ।

सानो आकारको होम स्पिकरका रुपमा सार्वजनिक भएयता यो डिभाइस धेरैजसो छुटमा दिइएको वा यूट्युब वा स्पोटीफाइको प्रबर्द्धनका लागि ती सेवाका ग्राहकहरुलाई उपलब्ध गराइँदै आएको थियो।

यो स्मार्ट स्पिकर लगभग ४ वर्षजति बिक्री भएको र पछि अझ राम्रो ध्वनि, सुधारिएको माइक्रोफोन तथा प्रोक्सिमिटी सेन्सरयुक्त गुगल नेस्ट होम मिनी आएपछि यो डिभाइसलाई निरन्तरता दिइरहनुपर्ने आवश्षयकता नदेखिएको कम्पनीको भनाइ छ।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार