
काठमाडौं ।
हालै अनुसन्धाताहरुले भविष्यमा प्रयोग हुन सक्ने नेक्स्ट जेनेरेशन स्टोरेज सिस्टमका लागि कार्बन-एयर ब्याट्री प्रविधिको प्रविधि प्रयोगमा ल्याएका छन्।
उक्त प्रविधिमा सोलिड-अक्साइड तथा इलेक्ट्रोलाइसिस सेलमा कार्बनडाइ अक्साइडको इलेक्ट्रोलाइसिस हावासँग मिसिएर अक्सिडाइज हुँदै उर्जा उत्पन्न गर्छ।
विश्व नै जैविकबाट नवीकरणीय उर्जामा प्रवेश गर्ने क्रममा रहेकाले क्षेत्रमा निकै उतार चढाव र परिवर्तन आइरहेको छ।
नवीकरणीय उर्जाका लागि हावाबाट बिजी निकाल्न सबै वातावरणमा सहज नभएकाले यसअघि हाइड्रोजन ब्याट्री बनाइयो। तर यिनीहरुको क्षमता पनि भरपर्दो नभएको र यसका लागि ठाउँ पनि धेरै चाहिने भएकाले तापक्रम व्यवस्थापन भने जसरी हुन सकेको थिएन।
यसै समस्यालाई मध्यनजर गर्दै हाल जापानको एउटा इन्सटिच्युटका अनुसन्धाताहरुले नवीकरणीय उर्जालाई अझ सशक्त बनाउने प्रविधिको विकास गरेको बताएका हुन्।
प्रकाशित: ६ पुष २०७८, मंगलवार