ग्यापुले सम्पन्न गर्‍यो नेपालको पहिलो टिकटक अवार्ड

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
ग्यापुले सम्पन्न गर्‍यो नेपालको पहिलो टिकटक अवार्ड

काठमाडौं ।

टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा ‘टिकटक अवार्ड’ प्रदान गरेको छ ।

कार्यक्रममा बर्षा बस्नेतले ‘बेस्ट रिप्रिजेन्टेटिभ’, पुजा एन्जलले ‘मस्ट लबेभल’, केपी खनालले ‘दि सोसल एक्टिभिस्ट’, नृत्य ट्रुप नेपाललाई ‘बेस्ट डान्सिङ ट्रुप’, स्मारिका समारिकालाई ‘मस्ट कमेडियन ट्विन्स’ र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई ‘बेस्ट मदर सन’ अवार्ड प्रदान गरेको छ ।

यसैगरी शिक्षा संग्रौलालाई ‘मस्ट इन्टलेक्चुअल’, शिशिर भण्डारीलाई ‘बेस्ट कमेडियन एक्टर’, मुस्कान गुरागाईलाई ‘मस्ट ट्यालेन्टेड’, निता लता सरोवरलाई ‘हाउसहोल्ड कन्टेन्ट’, अनिश तामाङलाई ‘नेपाल फर्स्ट बडि पेन्टर’, बिपि श्रेष्ठलाई ‘मस्ट क्रियटिभ’ र बिष्णु पाण्डेलाई ‘बेस्ट इन्टरटेनर’ बिधामा अवार्ड प्रदान गरिएको छ ।

सौर्य भेटवालले ‘मस्ट अडोरबल’ अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई ‘मस्ट डेडिकेटेड’, ढुकुरे डनलाई ‘बेस्ट कमेडियन’, शिव पौडेललाई ‘बेस्ट फिटनेस मेल’, सिता तामाङलाई ‘बेस्ट फिटनेस फिमेल’, अपिल राईलाई ‘बेस्ट पर्फरमर’ र अन्जना अर्याललाई ‘हाउसहोल्ड सेफ’ अवार्ड प्रदान गरिएको छ ।

आइतबार साँझ राजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।

यसैबीच कार्यक्रममा ग्यापु मार्केटप्लेसले सन्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरि अप्रिलिया स्कुटरको बिजेता समेत घोषणा गरिएको छ। बिजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिनपछि गरिने बताइएको छ।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार