डिज्नी च्यानलमा पुन: पहुँचका लागि यूट्युब टीभीद्वारा सम्झाैता

  • Technology Khabar | ५ पुष २०७८, सोमबार

काठमाडौं ।

अल्फाबेट इंक अन्तर्गतको यूट्युबले आफ्नो प्लेटफर्ममा वाल्ट डिज्नी च्यानलका सामग्रीहरु पुन: प्राप्त गर्नका लागि सम्झाैता गरेको छ।

दुवै कम्पनीबीच गत आइतबार २ दिनको छलफलपछि सम्झाैता भएको हो।

यस सम्बन्धमा यूट्युबले हालै आफ्नो ट्वीटमा भनेको छ, ‘हामीले डिज्नीसँग सम्झाैता गरेर ईएसपीएन तथा एफएक्सजस्ता च्यानलहरु पुन: हाम्रो प्लेटफर्ममा राख्न थालिसक्याैं।’

तर यी दुवै कम्पनीले कति रकममा सम्झाैता भएको भन्ने चाहिँ उल्लेख गरेका छैनन्।

यूट्युबले गत हप्ता आफूले यूट्युब टीभीका लागि मासिक १५, ६४.९९ देखि ४९.९९ डलरसम्म कटाैति गरेको जानकारी दिँदै समतामूलक शर्तहरु आएमा मात्र डिज्नीसँगको उक्त सम्झाैता नवीकरण गर्ने चेतावनी दिएको थियो।

आइतबार यूट्युबले आफ्नो मासिक शुल्क ६४.९९ डलरमा पुर्याएको र यसबाहट असर पर्ने ग्राहकलाई एकमुष्ट १५ डलर छुट दिइने बताएको थियो।

डिज्नीले आइतबार विज्ञप्तिमा उल्लेख गरेको थियो, ‘हामी बजार निरन्तरताका लागि स्वच्छ शर्तमा पुग्न गुगलसँगको सहकार्यको सराहना गर्दछाैं।’

यूट्युबले यसै महिनाको शुरुवातमा स्ट्रिमिङ प्लेटफर्म रोकुसँग यूट्युबको फ्ल्यागशिप एप तथा टीभी सेवा बहु-वर्षीय सम्झोता गरेको थियो।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार