
काठमाडौं ।
नेपाल बैंकको एटीएम मेसिन तथा कार्ड सेवा आइतबार एक दिन बन्द हुने भएको छ।
बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै आइतवार सेवा बन्द हुने जानकारी दिएको हो।
सो दिन बैंकको एटीएम तथा कार्डको सिस्टम माइग्रेसन कार्य हुने भएकाले बिहान १० बजेदेखि राति १२ बजेसम्म बैंकका सम्पूर्ण एटिएम मेसिन तथा कार्डबाट हुने कारोबारहरु बन्द हुने बैंकले जनाएको छ।
प्रकाशित: ३ पुष २०७८, शनिबार