भारतमा साहारा ग्रुपले निर्माण गरेको विद्युतीय स्कुटरमा आगलागी

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
भारतमा साहारा ग्रुपले निर्माण गरेको विद्युतीय स्कुटरमा आगलागी

काठमाडौं ।

भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य बढेसँगै विद्युतीय सवारी साधनको बिक्री र माग बढेको छ। तर यी विद्युतीय सवारीसाधनको गुणस्तरमा प्रश्न पनि उठिरहेको छ।

केहि महिना अघि विद्युतीय स्कुटर आगलागीको घटना बाहिरीएको थियो। त्यसैगरी, सेप्टेम्बरमा पहिलो पटक विद्युतीय स्कुटरमा आगलागी भएको घटना सार्वजनिक भएको थियो, त्यसपछि थप दुईवटा यस्ता घटना भएका थिए।

अब फेरि एक पटक विद्युतीय स्कुटरमा आगलागीको घटना सार्वजनिक भएको छ। वास्तवमा मुम्बईको अंधेरीमा सहारा इभोलको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको भारतीय मिडियाहरुले जनाएका छन्।

विद्युतीय सवारी साधनमा आगलागीको यो घटना सेप्टेम्बरयता चौथो घटना भएको रिपोर्टमा बताईएको छ। यसले कडा सुरक्षा नियमहरूको अभाव र वर्तमानमा इभी बजारमा गुणस्तर नियन्त्रणको कमीलाई हाइलाइट गर्दछ।

साहारा इभोल (SaharaEVOLS) सहारा समूहको सहायक कम्पनी हो र २०१९ मा सुरु भएको हो। कम्पनीले हालै सुपरइको अटोमोटिभसँगको सहकार्यमा ५० हजार ओटा दुईपाङ्ग्रे र ६ हजार ओटा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने उद्यम सुरु गरेको छ।

अब, यस्तै एउटा सहारा इभोल्स एक्स १ इलेक्ट्रिक स्कुटरमा मुम्बईको अंधेरीमा आगलागी भएको हो। सम्पर्क गर्दा सुपरइको अटोमोटिभले अनुसन्धान र मूल कारणतर्फ काम गरेको दाबी गरेको छ र कम्पनीले गाडी आफैं निर्माण गर्छ तर ब्याट्री तेस्रो पक्ष विक्रेताबाट खरिद गरेको पनि बताएको छ।

करिब तीन मिनेट लामो भिडियोमा पार्किङ गरिएको स्कुटरमा आगलागी हुनुअघि त्यसबाट धुवाँको मुस्लो निस्किरहेको देख्न सकिन्छ। यसले यो पनि देखाउँछ कि कसरी पानीले यसलाई निभाउने प्रयास असफल हुन्छ र आगोलाई अग्नी नियन्त्रकको सहायताले मात्र नियन्त्रण गर्न सकिन्छ।

सहारा इभोल्स घटना र यसका साथै पहिलेको घटनाले गुणस्तर नियन्त्रण उपायहरूको उचित कार्यान्वयनको अभाव र ब्याट्री प्रणालीको अनुचित खरिदको सुझाव दिएको छ।

भारतले लिथियम-आयन ब्याट्रीहरू उत्पादन गर्दैन र आउटसोर्स गरिएको ब्याट्रीको अधिकांश आपूर्ति चीनबाट भारतमा प्रवेश गर्ने बताईएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ मंसिर २०७८, बुधबार