
काठमाडौं ।
पूर्वी नवलपरासीको देवचुली ९ विशालटारमा रहेको घुमाउरी पिकनिक स्पट (वनभोज स्थल) परिसरमा वाइफाई जडान भएको छ।
जाडो मौसममा यहाँ पिकनिक खान आउने सङ्ख्यामा वृद्धि भएको संस्थाका अध्यक्ष दीपक भट्टराईले बताए । घुमाउरी पिकनिक स्पटमा वनभोज गर्न आउने पर्यटकलाई आकर्षित गर्नका लागि र पिकनिक पार्कको सबै भागमा पूर्णरूपमा वाइफाई चल्नुपर्ने उद्देश्यले स्पट परिसरमा वाइफाई जडान गरिएको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए।
अहिले दैनिक जसो २० देखि २५ जनासम्मको टोली पिकनिक खान आउने भट्टराईले बताए।
घुमाउरी पिकनिक स्पटमा नवलपुर जिल्लाभित्रका मात्रै नभएर बाहिरी जिल्लाबाट पनि पिकनिक खान आउने गर्छन्। गोरखापत्रबाट
प्रकाशित: २९ मंसिर २०७८, बुधबार