व्यापारीलाई सामूहिक क्यूआर कोड प्रदान

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
व्यापारीलाई सामूहिक क्यूआर कोड प्रदान
सांकेतिक तस्बिर

काठमाडौं ।

बैङ्किङ कारोबारमा डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ झापाको कनकाई नगरपालिका सुरुङ्गाका व्यापारीलाई सामूहिक क्यूआर कोड प्रदान गरिएको छ ।

माछापुच्छ्रे बैङ्कले यस क्षेत्रका सैलुन, तरकारी, फलफूल पसलदेखि साना ठूला सबै प्रकारका व्यापारीलाई सामूहिक क्यूआर कोड प्रदान गरिएको हो।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र, माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायातले एक सयभन्दा बढी व्यापारीलाई क्यूआर कोड प्रदान गरे।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार