होण्डाले ट्राइसाइकललाई मोबाइल पावर प्याक सेवा दिन भारतमा सहायक कम्पनी स्थापना

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
होण्डाले ट्राइसाइकललाई मोबाइल पावर प्याक सेवा दिन भारतमा सहायक कम्पनी स्थापना

काठमाडौं ।

होण्डा मोटरले स्थानीय ट्राइसाइकल बजारलाई लक्षित गर्दै भारतमा ब्याट्री टेक्नोलोजीमा काम गर्ने सहायक कम्पनी स्थापना गरेको छ।

इकोनोमिक टाइम्सले जनाएअनुसार गोगोरोपछि होन्डा दोस्रो विदेशी कार निर्माता हुनेछ जसले भारतमा ब्याट्री स्वापिङ ल्याउँछ।

होण्डा ले साना विद्युतीय सवारी साधनका लागि ब्याट्री सेयरिङ सेवाहरू र ओईएमको लागि प्राविधिक सहयोग उपलब्ध गराउन होण्डा पावर प्याक इनर्जी इण्डियामा १.३५ अर्ब भारु लगानी गर्दैछ।

नोभेम्बर २९, २०२१ मा स्थापित, होण्डा पावर प्याक इनर्जीको मुख्यालय बैंगलुरुमा धेरै स्थानीय र विदेशी ईभी स्टार्टअपहरूको बीचमा छ।

होन्डाको भनाईअनुसार कार निर्माताले होन्डा मोबाइल पावर प्याकलाई एकीकृत गर्न र भारतमा ब्याट्री प्याक निर्माण गर्न चाहने ओईएमहरु सँग काम गर्नेछ। होन्डा लाइफ क्रिएसनका सीओओ मिनोरु काटोले आफूहरूले मोबाइल पावर प्याक अन्य देशहरूमा पनि ल्याउने योजना बनाएको बताएका छन्।

होन्डाले यो फेब्रुअरीदेखि भारतमा करिब ३० वटा इलेक्ट्रिक ट्राइसाइकलको परीक्षण गरिरहेको छ।

अर्कोतर्फ प्रतिद्वन्द्वी गोगोरोले हिरो मोटोकर्पसँग आदानप्रदान गर्न मिल्ने ब्याट्रीसहितको ई-२-पाङ्ग्रे सवारी साधन निर्माण गर्न साझेदारी गरेको छ।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार