
काठमाडौं ।
सामसङले अंग्रेजी नयाँ वर्षमा आफ्नो आगामी फ्ल्यागशिप ग्यालेक्सी एस २२ श्रृंखला लन्च गर्नेछ। टिपस्टर आइस युनिभर्सले केही दिन अघि रिपोर्ट गरेअनुसार सामसङको आगामी फ्ल्यागशिप फोन फेब्रुअरी ८ मा लन्च हुन सक्छ।
दक्षिण कोरियाली कम्पनी सामसङले हाल यसको लन्चको बारेमा कुनै जानकारी साझा गरेको छैन। यद्यपि, अब सामसङको आगामी फ्ल्यागशिप ग्यालेक्सी एस २२ सिरिजका स्पेसिफिकेशनहरू गीकबेन्च लिस्टिंग मार्फत खुलासा गरिएको छ।
गीकबेन्च ४ लिस्टिङमा सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोन मोडेल नम्बर SM-S908N को सूचीमा छ। सामसङको यो फोन एसियाली बजारमा ल्याइने सम्भावना छ ।
मोडल नम्बर SM-908U भएको सामसङको फोनको दोस्रो भेरियन्ट कम र्याम भएको गीकबेन्च ५ मा प्रस्तुत गरिनेछ।
गीकबेन्चको पहिलो लिस्टिङ अनुसार यो स्मार्टफोन १० जीबी र्यामको साथ लिस्ट गरिएको छ । यद्यपि यो स्मार्टफोन ८ जीबी र १२ जीबी र्यामको विकल्पमा उपलब्ध हुनेछ। यससँगै, गीकबेन्चको सूचीले पुष्टि गर्छ कि यो सामसङ फोन एन्ड्रोइड १२ मा आधारित वन यूआई ४.० मा चल्नेछ।
सामसङको यो स्मार्टफोन ३.० गीगाहर्जको अक्टा-कोर प्रोसेसरसहित उपलब्ध हुनेछ । यो सम्भव छ कि यो फोनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट हुनेछ। यसको साथमा अल्ट्रा भेरियन्टमा एस पेनको सपोर्ट दिइनेछ।
यस सामसङ स्मार्टफोनको अगाडि र पछाडिको डिजाइन पहिलो लीक रेन्डरहरू मार्फत खुलासा गरिएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोनमा क्वाड रियर क्यामरा सेटअप दिइने बताईएको छ।
यससँगै फोनको प्राइमरी क्यामरा १०८ एमपीको हुनेछ। यस स्मार्टफोनको दोस्रो क्यामरा सेन्सरको कुरा गर्दा यसमा १२ एमपी अल्ट्रा वाइड सेन्सर, १० एमपी ३ एक्स टेलिफोटो लेन्स र १० एमपी १० एक्स टेलिफोटो लेन्स (अप्टिकल जुम सपोर्ट) हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार