डिजिटल कारोबारलाई थप स्तरीय बनाउन लुम्बिनी विकास बैंक नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
डिजिटल कारोबारलाई थप स्तरीय बनाउन लुम्बिनी विकास बैंक नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

काठमाडौं ।

लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता गरेको छ।

यस सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार