यूट्युब च्यानलमा अश्लील भिडियो राख्दै हुनुहुन्छ? पक्राउ परिएला!

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
यूट्युब च्यानलमा अश्लील भिडियो राख्दै हुनुहुन्छ? पक्राउ परिएला!

काठमाडौं ।

यूट्युब च्यानलमा अश्लील भिडियो राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल यूट्युबमा अश्लील शीर्षकसहितका भिडियोहरु प्रकाशन गरेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै भरतबहादुर तिरुवा नामका ती व्यक्तिलाई पक्राउ गरेको हो।

कालीकोट जिल्लाको तत्कालीन नानीकोट गाविस वडा नं ९ र हालको पचाल झरना गाउँपालिका वडा नं ९ घर भएका तिरुवालाई उनको ‘टेन्सन ब्रो’ नामक यूट्युब च्यानलमा अश्लील भिडियोहरु राखेकोमा पक्राउ गरिएको ब्यूरोले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसूर गरेको आरोपमा गएको शुक्रबार अर्थात् मंसिर २४ गते पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार