
काठमाडौं ।
अमेरिकी कम्पनी एप्पलको एयरपड्स विश्वभर मन पराइन्छ। यसको माग वायरलेस अडियो डिभाइसहरूमा सबैभन्दा बढी छ। एप्पलका अन्य उत्पादनहरू जस्तै, तिनीहरू पनि सुरक्षित मानिन्छ।
तर, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ब्लुटुथ अडियो डिभाइस प्रयोग गर्दिनन्। यो अलि अनौठो छ, तर यो शतप्रतिशत सत्य हो। उनले ताररहित अडियो उपकरणहरू पूर्ण रूपमा सुरक्षित नभएको महसुस गर्छिन्।
अमेरिकी मिडिया कम्पनी पोलिटिकोको रिपोर्ट अनुसार ह्यारिसले ब्लुटुथ हेडफोनको सट्टा तारयुक्त हेडफोन प्रयोग गर्न रुचाउँछिन्। उनी आफ्नो सुरक्षा र प्रविधिको बारेमा अत्यन्तै ख्याल राख्छिन्। त्यसैले आफूले सँधै वायर हेडफोन नै प्रयोग गर्दै आएकी छिन्। किनकी कमला ब्लुटुथ हेडफोन ह्याक हुन सक्छ भन्ने सोच्ने गर्दछिन्।
उनको सोच कति सत्य हो ? के ब्लुटुथ हेडफोन, एयरपडहरू साँच्चै ह्याक हुन सक्छ?
यस मामिलामा धेरै विशेषज्ञहरू भन्छन् कि ह्यारिस सहि छिन्, किनभने ब्लुटुथ कनेक्सनहरू ह्याक हुन सक्छ। साइबर अपराधीहरूले ब्लुटूथ कनेक्सन ह्याक गरेर तपाईंको उपकरण नियन्त्रण गर्न सक्ने सीनेटले आफ्नो रिपोर्टमा भनेको छ।
यसका साथै ह्याकरहरूले मालिसियस कोडहरूको सहायताले तपाईंको कुराकानी सुन्न सक्छन्।
सफ्टवेयर विकास कम्पनी सिटिजन ल्याब्सका वरिष्ठ अनुसन्धानकर्ता जोन स्कट रेल्टनले ह्यारिसलाई स्मार्ट भएको र उनले खतरा बुझेको बताए। ब्लुटुथ डिभाइसले नजिकको एक्सेस आक्रमणको जोखिम पनि छ। त्यस्तै ब्लुटुथ ट्र्याकिङ र सिग्नल सङ्कलनको खतरा पनि छ।
जुलाई २०२१ मा, अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले एक रिपोर्टमा ब्लुटुथ टेक्नोलोजीसँग सम्बन्धित खतराको बारेमा बताएको थियो। रिपोर्टका अनुसार ब्लुटुथ प्रविधिको सहयोगमा छोटो दूरीमा डाटा ट्रान्सफर गर्न सकिन्छ।
एनएसएले रिपोर्टमा ब्लुटुथ, पासवर्ड र संवेदनशील डाटा ट्रान्सफर गर्न नहुने पनि बताएको छ। जो ब्लुटुथ हेडफोन वा एयरपडहरू प्रयोग गर्ने गर्दछन्, आवश्यक पर्दा मात्र तिनीहरूलाई खोल्नुहोस्, त्यसपछि बाँकी समय तिनीहरूलाई बन्द राख्नुहोस्।
प्रकाशित: २६ मंसिर २०७८, आईतवार