सुरु भयो नेपाली जुत्ताको समर सेल

  • Technology Khabar | २१ असार २०७३, मंगलवार
सुरु भयो नेपाली जुत्ताको समर सेल

काठमाडौं ।

काठमाडौं, २१ असार । नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला सोमवारदेखि शुरु भएको छ । वर्षा यामसँगै ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी गर्त वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि शुरु भएको छ ।

नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजु स्थित आफ्नै बिक्रि कक्षमा स्टक रहुन्जेल सम्म योजना सञ्चालन गर्न लागिएको हो । वृहद समरसेल २०७३ को प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गर्नु हो ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिने बताईएको छ । सेलमा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

यसैबिच जुत्ता घरले गत वर्षको दशै तिहारलाई लक्षित गरि लागु गरेको स्क्रयाचमा मनी, बम्परमा बाईक धनि उपहार योजनाको बम्पर लक्की ड्र को घोषणा समेत गरेको छ । लक्की ड्र मार्फत प्रथम हुने कुपन नं. ८५४९ का एक जनालाई बाईक, द्धितिय हुने कुपन नं. ८६०६ का एकजनालाई ल्यापटप, तृतिय हुने कुपन नं. ४२२५ का एक जनालाई २१ इञ्चको एलईडि टिभि, चौथो हुने कुपन नं. ४१७४ का एक जनालाई २१ इञ्चको एलइडी मनिटर र सान्त्वना पुरस्कार स्वरुप कुपन नंं ६८५३, ५५९७, ५०१३, ११२८१, २४५६, १०३७७, ४१३६, ३२५८, १०२७०, ७६९७ का १० जनालाई राईस कुकर प्रदान गर्ने घोषणा गरिएको  विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २१ असार २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार