Technology Khabar २१ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २१ असार । शिओमीले आगामी केहि साताभित्रै दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने अनुमान गरिएको छ । ती दुबै स्मार्टफोनहरु शिओमी एमआई फाइभ एस (Xiaomi Mi5S) तथा शिओमी एमआई नोट २ (Xiaomi Mi Note 2) रहेका छन् ।
दुबै स्मार्टफोनहरु यो वर्षको दोस्रो सत्रमा सार्वजनिक हुन सक्नेछन् । जसमध्ये एमआई नोट टू पहिले नै बजारमा आउने अनुमान गरिएको छ ।
यसैबिच शिओमीले नयाँ टिजर सार्वजनिक गरेको छ । यो टिजरले आउने स्मार्टफोनहरुको बारेमा केहि जानकारी दिन्छ । टिजरमा टू बिगरद्यान ५ भनेर देखाईएको छ । यसमध्ये एमआई फाईभ फ्ल्यागशिप यसअघि नै बजारमा आईसकेको छ, जसको अपडेटेड भर्सनको रुपमा एमआई ५ एस आउन लागेको हो ।
कम्पनीले एमआई नोट टू लाई एमआई फाईभ भन्दा ठूलो साइजमा ल्याउन लागेको हो । एमआई नोट टूमा ५.७ इन्चको डिस्प्ले राखिएको छ भने एमआई फाइममा ५.१ इन्चको डिस्प्ले रहेको छ । तर आउने एमआई फाईभ एसमा ५.५ इन्चको डिस्प्ले हुने अनुमान छ ।
उता एमआई नोट टूको तीनवटा मोडलहरु आउने अनुमान गरिएको छ । जसमध्ये एउटा मोडल ‘कर्ब्ड एज’ डिस्प्लेसहित आउने अनुमान गरिएको छ । त्यस्तै पछाडि ड्यूल रियर क्यामरा तथा प्रेसर सेन्सेटिभ डिस्प्ले हुनेछ । एमआई नोट टूको मूल्य करिब ६०० डलर हुने अनुमान गरिएको छ ।
एमआई फाइभ एसमा भने फूल एचडी डिस्प्ले स्न्यापड्रयागन ८२० चीपसेट, ६ जीबी र्याम तथा फिंगरप्रिन्ट सेन्सर हुने जानकारी लीक भएको छ । यसमा फोर्स टच टेक्नोलाजी हुनेछ, जसले लाईट र स्ट्रोंग टचबिचमा फरक छुट्याउन सहयोग गर्नेछ ।
प्रकाशित: २१ असार २०७३, मंगलवार