
काठमाडौं ।
यस वर्षको गेम अवार्डको क्रममा, गुगलका प्रवक्ताद्वारा एउटा आश्चर्यजनक घोषणा गरिएको थियो जसमा गुगल प्लेमा पाइने खेलहरूले अर्को वर्षदेखि विण्डोज १० र ११ मा नेटिभ समर्थन पाउनेछन्।
यसको अर्थ गुगल प्ले गेम स्टोरबाट एन्ड्रोइड एपहरू २०२२ मा विण्डोज १० र ११ मा दुवैमा आउँदैछन् ।
विन्डोज ११ को माइक्रोसफ्ट स्टोरमा अमेजनका आफ्नो एपहरू सूचीबद्ध गर्न माइक्रोसफ्टको अमेजनसँग पहिले नै साझेदारी गरेको छ। यसको आधारमा यो गुगलको लागि पनि कदम चाल्ने सहि समय थियो।
यद्यपि, माइक्रोसफ्ट र अमेजनले आधिकारिक रूपमा उनीहरूको साझेदारीको घोषणा गरेपनि गुगलले यो आफ्नै रूपमा गरिरहेको देखिन्छ। किनकी माइक्रोसफ्ट स्टोरमा अमेजन एप स्टोरबाट एन्ड्रोइड एपहरू होस्ट गर्न अमेजनसँग सम्झौता गरेको छ, तर यो गुगलबाट उपलब्ध हुने विषय भने फरक दृष्टिकोण हो।
प्रवक्ताले धेरै विवरणको बारेमा बताएनन् तर उनले खेलहरू गुगल १० र ११ मा विकसित गरिएको एप मार्फत उपलब्ध हुने र त्यहाँ निरन्तरताको भावना हुने बताए।
उदाहरणको लागी, तपाइँको एन्ड्रोइड ह्यान्डसेटमा एक खेल सुरु गर्न सक्नुहुन्छ र तपाइँले आफ्नो ल्यापटप वा डेस्कटप पीसीमा पहिले छोडेको ठाउँबाट गेम शुरु गर्न सक्नुहुन्छ।
गुगलले एकीकरणको बारेमा धेरै खुलासा गरेन तर यसले थप जानकारी चाँडै आउँदैछ मात्र भनेको छ। यी प्रयासहरू अन्य एप कोटीहरूमा विस्तार हुनेछ र सबै गुगल प्ले गेमहरू पिसीको लागि उपलब्ध हुने आशा गरिएको छ।
प्रकाशित: २६ मंसिर २०७८, आईतवार