
काठमाडौं ।
स्वीडेनको गाडी निर्माता भोल्भोमा ह्याकरहरूले साइबर आक्रमण गरेपछि यसको प्रणालीबाट अनुसन्धान र विकास डाटा चोरी गरेको बताएको छ।
चिनियाँ कम्पनी गीलीको स्वामित्वमा रहेको भोल्भोले यसको एउटा फाइल रिपोजिटरीमा तेस्रो पक्षले अवैध रूपमा पहुँच गरेको थाहा पाएको बताएको छ।
“अहिलेसम्मको अनुसन्धानले पुष्टि गरेको छ कि घुसपैठको क्रममा कम्पनीको आर एन्ड डी सम्पत्तिको सीमित मात्रामा चोरी भएको छ,” भोल्भोले भन्यो।
ह्याकबाट “कम्पनी सञ्चालनमा असर पर्न सक्छ” भनी चेतावनी दिएको छ।
तर कम्पनीले “ग्राहकहरूको कार वा तिनीहरूको व्यक्तिगत डाटाको सेफ्टी वा सेक्यूरिटीमा कुनै असर नपर्ने” भनेको छ।
गोटेबोर्गमा आधारित भोल्भोले हाल २०३० सम्ममा आफ्नो सम्पूर्ण दायरालाई विद्युतीकरण गर्न नगद लगानी गरिरहेको छ।
कम्पनीले कुनैपनि र्यान्समवेयर आक्रमण नभएको र सबै डाटाहरु सुरक्षित रहेको जनाएको छ। एजेन्सीका साथ
प्रकाशित: २५ मंसिर २०७८, शनिबार