अर्घाखाँची सिमेन्ट प्रबद्र्धनको नयाँ योजना

Technology Khabar २१ असार २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २१ असार । अर्घाखाँची ओ.पी.सी सिमेन्टले प्रबद्र्धनका लागी नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले उपभोक्ताहरुलाई गुणस्तरीय सिमेन्टको बारेमा जानकारी गराउने उदेश्यले नयाँ योजना ल्याएको जानकारी दिएको छ । “अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन“ भन्ने नारासहित कम्पनीले नयाँ प्रबद्र्धन योजना सार्वजनिक गरेको हो ।

अत्याधुनिक जर्मनी प्रविधि, अटो रोटो प्याकेजिङ्ग सिस्टम, सहि तौल र गुणस्तरका साथै आफ्नै चुनढुङ्गा खानी भएको र Closed Circuit प्रविधि प्रयोग गरी वातावरण मैत्री सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको दाबी छ ।

यसअघि कम्पनीले जानकारी मुलक योजना “मूर्खतानगरौं, सहि सिमेन्ट नै रोजौं” भन्ने प्रबद्र्धन योजना ल्याएको थियो ।

प्रकाशित: २१ असार २०७३, मंगलवार

तपाइको प्रतिक्रिया