ओपो ईन्नो डे २०२१ मार्फत अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओपोको तयारी

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
ओपो ईन्नो डे २०२१ मार्फत अत्याधुनिक एनपीयू र नयाँ स्मार्ट ग्लास अनावरण गर्ने ओपोको तयारी

काठमाडौं ।

नजिकिँदो ओपो ईन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ।

कम्पनीको हालसम्मकै बृहत प्रविधिक समारोह मार्फत ओपोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिंग युनिट) र ओपोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रबर्तनहरु सार्वजनिक हुन तयार छन्।

डिसेम्बर १४ र १५ का दिन ओपो ईन्नो डे २०२१ को आयोजना अनलाइन र अफलाइन दुबै माध्यमबाट हुनेछ। अनलाइन समारोहका दौरान ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिस्कृत कर्पोरेट रणनीति तथा आरएण्डडीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन् । त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरु मार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ।

ओपो ईन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्यूमन लगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ। साथै, ईमेजिङ, एआई, एआर र फाइभजीलगायत आफ्ना उल्लेखनिय नवप्रवर्तनहरु पनि सार्वजनिक गरिनेछन्।

सन् २०१९ मा यसको सुरुवातसँगै ओपो ईन्नो डेमार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनिय नवप्रबर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन् । ओपो ईन्नो डे २०१९ मार्फत ओपोले एआर ग्लासेज, फाइभजी सीपीई र ओपो वाच स्मार्टवाच सिरिज लगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो।

पछिल्लो बर्ष ओपोले ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो। यस बर्षपनि उक्त परम्परालाई निरन्तरता दिँदै ओपोले प्राविधिक विकासलाई नयाँ उचाई प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्नेछ।

प्रयोगकर्ताहरुले आफ्ना अवतारको प्रयोग गर्दै ओपोका नयाँ नवप्रवर्तनहरुको अनुभव गर्न सकुन भन्ने सोचका साथ ओपोले यस पटक भर्चुअल लञ्चको ब्यवस्था पनि गरेको छ।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...