नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न बेरुजू बाँकी हुन नहुने, यस्तो छ उम्मेदवारले गर्ने स्वःघोषणा

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न बेरुजू बाँकी हुन नहुने, यस्तो छ उम्मेदवारले गर्ने स्वःघोषणा

काठमाडौं ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि सरकारले मंसिर २२ गते बुधबार आजै दरखास्त माग गरेको छ। जसअनुसार ईच्छुक व्यक्तिहरुले यहि पुस ७ गतेभित्र तोकिएको न्यूनतम मापदण्ड पुरा गरेर आवेदन दिन सक्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत संस्थान समन्वय शाखामा दरखास्त दिनेहरुले न्यूनतम योग्यताका साथमा आफ्नो व्यवसायिक कार्ययोजना समेत बुझाउनुपर्नेछ।

तर त्यतिले मात्र पुग्दैन् । ईच्छुक दरखास्त दिने व्यक्तिहरुले आफैंले स्वघोषणा समेत गर्नुपर्ने हुन्छ ।

जसमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्तीको लागि गठित छनौट समितिले निश्चित विषयहरुमा उम्मेदवारहरुले स्वघोषणा गर्नुपर्ने उल्लेख गरेको छ।

सो स्वःघोषणामा आफ्नो न्यूनतम शैक्षिक योग्यता, उमेरको बारेमा, कुनैपनि राजनीतिक दलको सदस्य भए/नभएको विषय विदेशी मुलुकको स्थाई आवासीय अनुमतिपत्र नलिएको वा त्यागेको ३ महिना नाघेको लगायतका विषयहरु उल्लेख गरेर आफैंले हो वा होईनमा चिन्ह लगाएर हस्ताक्षरसहित मन्त्रालयमा बुझाउनुपर्नेछ।

यसका साथै ईच्छुक उम्मेदवार व्यक्तिको नाममा कुनैपनि बेरुजू बाँकी हुन नहुने विषयलाई स्वःघोषणामा राखिएको छ।

यी हुन् स्वःघोषणा गर्नुपर्ने विषयहरुः-

swoghosna form

 

यो पनि हेर्नुस्-

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? त्यसोभए यी योग्यताहरु पूरा गरेर दरखास्त दिनुस्

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार