बेलायतले सन् २०३३ सम्ममा टूजी र थ्रीजी मोबाइल नेटवर्क हटाइसक्ने

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
बेलायतले सन् २०३३ सम्ममा टूजी र थ्रीजी मोबाइल नेटवर्क हटाइसक्ने

काठमाडौं ।

बेलायतले आगामी सन् २०३३ सम्ममा टूजी र थ्रीजी नेटवर्क हटाइसक्ने बताएको छ।

यो निर्णयका पछाडि हाल शुरु भएको फाइभजी र भविष्यमा आउँदै गरेको सिक्सजी सेवाका लागि रेडियो तरङ्ग खाली गराउनु रहेको बुझिएको छ।

नयाँ प्रविधिहरु विशेष गरी चालकरहित सवारी, ड्रोन तथा भर्चुअल रियालिटीका लागि अति आवश्यक हुने भएकाले टूजी र थ्रीजीजस्ता पुराना प्रविधिहरुलाई विस्थापन गर्न लागिएको हो।

बेलायतमा हाल सेवा प्रदान गरिरहेका ईई, भोडाफोन, ओ२ तथा थ्री गरी चार ओटै नेटवर्कहरु सरकारले तोकेके तालिकामा चल्न तयार भएका रोयटर्सले जनाएको छ।

ईई नेटवर्कको मूल कम्पनी बीटीले गत जुलाइमा २०२३ को शुरुवातसम्ममा थ्रीजी र त्योभन्दा पुरानो प्रविधि टूजीलाई हटाउने योजना रहेको बताएको थियो।

सरकारले गत वर्ष चीनको ह्वावेमाथि प्रतिबन्ध लागेपछि ओपन रेडियो एक्सेस नेटवर्कको अन्त्यका लागि लागि केही आपूर्तिकर्ताकोमा मात्र भर पर्नु पर्ने प्रवृत्ति टुङ्ग्याउने उद्देश्यले यस्तो निर्णय गरेको बुझिएको छ।

आफ्ना अमेरिकी समकक्षीसँगको भेटघाटमा रहेका बेलायतका डिजिटल सेक्रेटरी नादिन डोरिसले बुधबार ओपन रेडियो एक्सेस नेटवर्कका लागि ५ करोड पाउन्ड बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार