
काठमाडौं ।
नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ।
नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ, तथा मन्जुश्री फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आइटि हेड सुनिल शाहीले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले मन्जुश्री फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, मन्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको जनाएको छ।
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार