सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा

Technology Khabar १५ असार २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १५ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १३ गतेदेखि सेवा विस्तार गर्दै धनकुटा भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), त्रिभुवनवस्ती (कंचनपुर), केराबारी (मोरंङ), लामीडांडा (खोटाङ्ग), कटरिया (रौतहट), महादेवस्थान (हलेशी ( खोटाङ्ग) र बाक्सिला (खोटाङ्ग) बाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको जानकारी दिएको छ ।

आ.व. २०७२÷७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६.०१ अर्व र कर्जा रकम रु. २२.८३ अर्व परिचालन गरी रु. ३४.५० करोड सञ्चालन मुनाफा र रु. २३.२४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रकाशित: १५ असार २०७३, बुधबार

तपाइको प्रतिक्रिया