एप्पल एयरपड तथा २९ वाट पावर एडप्टरको प्रोटोटाइप लीक

  • Technology Khabar | २० मंसिर २०७८, सोमबार
एप्पल एयरपड तथा २९ वाट पावर एडप्टरको प्रोटोटाइप लीक

काठमाडौं ।

एप्पलको एयरपड तथा २० वाटको चार्जरको प्रोटोटाइप अनलाइनमार्फत् लीक भएको छ।

ट्विटरमा एयरपड तथा २९ वाटको यूएबी-सी पावर एडप्टरको पारदर्शी डिजाइन भएको फोटो शेयर भएको छ।

यो रेन्डरमा एप्पलको डिजाइन प्रोसेस गरिएको प्लास्टिक शेलमार्फत् देखिएको छ। लीक भएको तस्बिरका आधारमा ट्रान्सकुलेन्ट डिजाइन प्रोडक्टको आन्तरिक प्रणाली देखाउँछ।

तर प्रविधि विज्ञहरुका अनुसार पारदर्शी एयरपड वा चार्जर सार्वजनिक गर्ने बारेमा कम्पनीले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

यो रेन्डरमा एप्पलको डिजाइन प्रोसेस गरिएको प्लास्टिक शेलमार्फत् देखिएको छ। लीक भएको तस्बिरका आधारमा ट्रान्सकुलेन्ट डिजाइन प्रोडक्टको आन्तरिक प्रणाली देखाउँछ।

तर प्रविधि विज्ञहरुका अनुसार पारदर्शी एयरपड वा चार्जर सार्वजनिक गर्ने बारेमा कम्पनीले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। एप्पल डिभाइस संकलक ग्युलियो जोम्पेट्टिले एप्पल एयरपड तथा पावर एडप्टरको पारदर्शी प्रोटोटाइपको फोटो ट्विटरमा शेयर गरेका हुन्।

हाल एप्पल एयरपड तथा एयरपड प्रो सेतो रंगमा मात्र उपलब्ध छ। लीक भएको फोटोको डिजाइन हेर्दा यो कम्पनीका इन्जिनीयरहरुले आन्तरिक रुपमा परीक्षणका लागि तयार गरिएको आकलन गरिएको छ।

प्रकाशित: २० मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...