टेराहर्ज स्पेक्ट्रमका बारेमा छलफल गर्दै बेलायती दू्रसञ्चार नियामक अफकम

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
टेराहर्ज स्पेक्ट्रमका बारेमा छलफल गर्दै बेलायती दू्रसञ्चार नियामक अफकम

काठमाडौं ।

बेलायतको दू्रसञ्चार क्षेत्रको नियामक अफकमले स्पेक्ट्रमकाे खोजमा इलेक्ट्रो म्याग्नेटिक दायराबाट अझ अगाडि जान सकिने बताएको छ।

‘हाल एउटा नयाँ प्रविधि विकास भइरहेको छ जसले अति उच्च फ्रिक्वेन्सी अर्थात् टेराहर्ज स्पेक्ट्रमसम्मको मार्गप्रशस्त गर्न सक्नेछ’, अफकम स्पेक्ट्रम म्यानेजमेन्ट पेजमा अपडेट गर्दै लेखिएको छ, ‘हामी यो स्पेक्ट्रमलाई विद्यमान र नवीन प्रयोगलाई सहयोग गर्नका लागि सकेसम्म उत्कृष्ट तरिकाले व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल गर्न चाहन्छाैं।’

यसले १३ पेजको ‘अनलकिङ द पोटेन्सियल अफ टेराहर्ज रेडियो स्पेक्ट्रम’ शीर्षकको पीडीएफ अपलोड गरेर जसमा स्पेक्ट्रमबाट लिनुपर्ने फाइदा नलिइ किन सुस्त गतिमा हिँडिरहेका छाैं भन्ने तथ्यबाट उजागर गरेको छ।

टेराहर्जले मिलिमिटर वेभ सकिएपछि १०० गिगाहर्जबाट शुरु भएर ३ टेराहर्जसम्म पुग्न सक्ने बताइएको छ।

‘यो उच्च फ्रिक्वेन्सी प्रयोग हुने कम्प्याक्ट तथा बृहत् बजार उपकरणको विकासबाट थुप्रै रेन्जका सम्भाव्यताका बाटाहरु खुल्न सक्नेछ’, उक्त रिपोर्टमा व्याख्या गरिएको छ।

उक्त रिपोर्टमा यसको उपयोगका लागि डाटा सेन्टर तथा अन्य ठाउँमा टेराबिट गतिको वायरलेस लिंकको निर्माण,  रोबोटिक्स तथा स्वायत्त सवारीका लागि सही पोजिशनिङ साथै होलोग्राम बनाउनका लागि उच्च रेजोल्युशनको इमेजिङ तथा सेन्सिङको प्रयोग लगायतका रहने बताइएको छ।

यसबाहेक यी फिचरहरुलाई आउँदै गरेको ६जी नेटवर्क तथा डिभाइसहरुसँत एकताबद्ध गर्न शैक्षिक स्तरबाट पनि चासो देखाइएको उल्लेख गरिएको छ।

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार