कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ वेबसाइट, एसएमएस र आईभीआरबाट

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ वेबसाइट, एसएमएस र आईभीआरबाट

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड (एनईबीले) कक्षा–१२ को परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले मंसीर दोस्रो हप्तसम्म गरिसक्ने भनेको नतिजा आज शुक्रबार बिहान सार्वजनिक गरेको हो।

जसअनुसार समग्र परीक्षार्थीमध्ये ३६ जनाले ‘ए प्लस’ ल्याएका छन् भने ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नियमित र आंशिक गरी ३ लाख ७४ हजार १५ जनाले परीक्षा दिएका थिए।

कक्षा १२ को नतिजा विभिन्न तरिकाबाट हेर्न/प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

परीक्षा बोर्डका अनुसार बोर्ड तथा नेपाल टेलिकमको वेबसाइट,  एसएमएस सेवा तथा आईभीआर नम्बर डायल गरेर आवाजमा आएको निर्देशन पालना गर्दै मार्फत् नतिजा हेर्न सकिनेछ।

कसरी हेर्ने त?

वेबसाइटमार्फत्

www.neb.gov.np – राष्ट्रिय परीक्षा बोर्ड

www.ntc.net.np – नेपाल टेलिकम

एसएमएस मार्फत् – 

नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यसका लागि NEB<space>Symbol Number टाइप गरेर १६०० मा एसएमएस पठाउनुपर्नेछ।

आईभीआरमार्फत्

यसका लागि नेपाल टेलिकमको १६०१ मा डायल गर्नुपर्छ। डायल गरेपछि स्वचालित आवाजमा केही निर्देशन पालना गर्न भनिन्छ।

त्यही निर्देशनहरु पालना गर्दै आफ्नो नतिजा प्राप्त गर्न सकिन्छ। यो तरिका टेलिकमको १४१५ वा १४१२ डायल गरेर मोबाइल रिचार्ज गरेजस्तै प्रक्रिया हो।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...