विद्यालयको कम्प्युटर चोरी गर्ने तीन जना पक्राउ

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
विद्यालयको कम्प्युटर चोरी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

कञ्चनपुरको एक विद्यालयको कम्प्युटर लगायतका उपकरणहरु चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षका विभिन्न समानहरु चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका‍ १३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै महेन्द्र ठगुन्ना र २० कै शुभम भट्ट रहेका छन्।

उनीहरुले विद्यालयको ताला फुटाएर ल्यापटप, प्रोजेक्टर, मनिटर, सीपीयू एक/एक थान र दुई थान सीसीटीभी क्यामराको डिभाइस पनि बरामद गरिएको छ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार