सामाजिक सञ्जाल फेसबुकमार्फत करोडौं रकम ठगी गर्ने गिरोह पक्राउ
Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
Loading...
Shares
काठमाडौं ।
पिडितले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई प्लाष्टिक सर्जन डाक्टर भएको भन्दै ठगी कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा। बेन्जामिन फ्र्यांकलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र १ हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफुसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दुस्ख पिडाको कुरा गरी रकम पठाई सहयोग गर्न भनेका थिए ।
उनले बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा राजेन्द्र भण्डारीको नामको गरिमा बिकाश बैंकको खातामा ७८ लाख रुपैयाँ र रोशन भुजेलको नामको नबिल बैकको खातामा ९ लाख ५० हजार रुपैयाँ समेत गरी जम्मा १ करोड २२ लाख रुपैयाँ रकम पिडितलाई पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेकालाई प्रहरीको महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो।
सो कार्यमा संलग्न ब्यक्तिहरु मध्येका रोजन भुजेललाई मिति मंसिर १५ गते कालिमाटीबाट तथा राजेन्द्र भण्डारीलाई मंसिर१६ गते एयरपोर्टमा फेला पारी पक्राउ गरेको छ ।
दुबैलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ।