
काठमाडौं ।
अमेरिकी राइड हेलिङ कम्पनी उबरले अब भारतमा ह्वाट्सएपमार्फत् नै राइड बुक गर्न सकिने आधिकारिक घोषणा गरेको छ।
यो निर्णयले उबरलाई भारतमा मेटाको प्लेटफर्म ह्वाट्सएपका ५० करोड यूजरहरुसमक्ष सजिले पुग्न मद्दत पुर्याउने बुझिएको छ।
‘यसै हप्ताबाट शुरु हुने गरी हामी नयाँ सेवा उपलब्ध गराउँदैछाैं जसबाट मानिसहरुले आधिकारिक उबर ह्वाट्स्एप च्याटबटमार्फत् उबरको राइड बुक गर्न सक्नेछन्’, कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ।
उबरले विगत ८ वर्षदेखि एसियाली मुलुकहरुमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ भने हालसम्म यो विश्वका ७० देशमा सेवा विस्तार गर्न सक्षम भएको छ।
‘राइडरहरुले अब उबरको एफ डाउनलोड गर्नुपर्ने छैन। यूजर रजिस्ट्रेशनदेखि राइड बुक गर्ने र ट्रिप रिसिट प्राप्त गर्ने सबै काम ह्वाट्सएपको च्याट इन्टरफेसबाटै गर्न सकिनेछ’, उबरले थपेको छ।
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार