
काठमाडौं ।
ट्विटरले भारतीय मूलका पराग अग्रवाललाई नयाँ सीईओ नियुक्त गरेपछि स्पेसएक्सका सीईओ इलन मस्कले बधाई दिएका छन्।
हालै स्ट्राइप कम्पनीका सीईओ तथा सह-संस्थापक प्याट्रिक कोलिसनको ट्वीटमा मस्कले रिप्लाई गर्दै भारतीय ट्यालेन्टले अमेरिकालाई निकै फाइदा पुगेको बताएका छन्।

प्याट्रिक कोलिसनले पराग अग्रवाललाई बधाई दिँदै ट्विटरमा लेखेका थिए, ‘गुगल, माइक्रोसफ्ट, अडोबी, आईबीएम, पालो आल्टो, नेटवर्क्स तथा अब ट्विटरका सीईओ भारतमै जन्मे हुर्केका हुन्। प्रविधिको क्षेत्रमा भारतीयहरुको आश्चर्यजनक सफलता देखेर खुशी लागेको छ। बधाई छ पराग।’
श्रेया घोषालले पनि दिइन् बधाई
भारतीय गायिका श्रेया घोषालले पनि पराग अग्रवाललाई बधाई दिएकी छिन्। उनले सोशल मिडियामा ‘बधाई पराग, तिमीमाथि गर्व छ! हाम्रो लागि महत्वपूर्ण दिन हो, यो समाचारको उत्सव मनाइँदैछ’ भनेर लेखेकी थिइन्।
Congrats @paraga So proud of you!! Big day for us, celebrating this news♥️♥️♥️ https://t.co/PxRBGQ29q4
— Shreya Ghoshal (@shreyaghoshal) November 29, 2021
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार