नबिलले आफ्नो स्मार्टबैंक एप अपग्रेड गर्दै, अपग्रेडको समयमा मोबाइल बैंकिङ्ग सेवा नपाईने

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
नबिलले आफ्नो स्मार्टबैंक एप अपग्रेड गर्दै, अपग्रेडको समयमा मोबाइल बैंकिङ्ग सेवा नपाईने

काठमाडौं ।

नबिल बैंकले आफ्नो नबिल स्मार्टबैंक एपको अपग्रेड गर्ने भएको छ। कम्पनीले आज राती ९ः३० बजेदेखि एपको अपग्रेडेसन हुने भन्दै सो समयमा केहि प्राविधिक समस्या आउन सक्ने चेतावनी दिएको हो ।

बैंकले सूचना जारी गर्दै सो अवधिमा एपमा मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने, एसएमएस अलर्ट नआउने तथा कारोबारलगायतका कार्य नहुने जानकारी दिएको छ।

आफ्नो एप अपग्रेडेसनको कार्य अवधि करिब ३० मिनेटको हुने भन्दै सो समयमा हुने अवरोधको लागी ग्राहकहरुसँग क्षमा मागेको छ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार