शाओमीले इलेक्ट्रिक भेहिकल उत्पादन गर्न बेइजिङमा प्लान्ट निर्माण गर्ने

  • Technology Khabar | ११ मंसिर २०७८, शनिबार
शाओमीले इलेक्ट्रिक भेहिकल उत्पादन गर्न बेइजिङमा प्लान्ट निर्माण गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमी कर्पले बेइजिङमा वार्षिक तीन लाख इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने प्लान्ट निर्माण गर्ने भएको छ।

यो प्लान्ट दुई चरणमा निर्माण गरिनेछ र शाओमीले बेइजिङको आर्थिक र प्राविधिक विकास क्षेत्रमा आफ्नो अटो युनिटको मुख्यालय, बिक्री र अनुसन्धान कार्यालयहरू पनि निर्माण गर्नेछ। सरकार समर्थित आर्थिक विकास एजेन्सी बेइजिङ ई-टाउनले आफ्नो आधिकारिक वीच्याट एकाउन्टमा शाओमीको प्लान्ट बारे जानकारी दिँदै भन्यो।

बेइजिङ ई-टाउनले सन् २०२४ मा प्लान्टले ठूलो उत्पादनमा पुग्ने अनुमान गरेको छ, जून लक्ष्य शाओमीका प्रमुख कार्यकारी लेई जुनले अक्टोबरमा घोषणा गरेका थिए।

मार्चमा, शाओमीले १० वर्षमा नयाँ इलेक्ट्रिक कार डिभिजनमा १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। कम्पनीले अगस्टको अन्त्यमा आफ्नो ईभी युनिटको व्यवसाय दर्ता पूरा गरेको थियो।

कम्पनीले आफ्नो स्मार्टफोन व्यवसायको लागि घरेलु बिक्री वृद्धि गर्न हजारौं पसलहरू खोल्दै आएको छ तर अन्ततः यी पसलहरूलाई विद्युतीय सवारीसाधनहरू बिक्री गर्ने योजनाहरूको लागि च्यानलको रूपमा प्रयोग गर्न चाहन्छ।

प्रकाशित: ११ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ११ मंसिर २०७८, शनिबार