मस्कोद्वारा १३ प्रविधि संस्थालाई सन् २०२१ भित्र रुसमा कार्यालय नखोले प्रतिबन्ध गर्ने चेतावनी

  • Technology Khabar | ९ मंसिर २०७८, बिहीबार
मस्कोद्वारा १३ प्रविधि संस्थालाई सन् २०२१ भित्र रुसमा कार्यालय नखोले प्रतिबन्ध गर्ने चेतावनी

काठमाडौं ।

रुसले १३ ओटा प्रविधि कम्पनीहरुलाई आगामी सन् २०२२ लाग्नुअघि रुसकै भूमिमा आफ्ना कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

यी १३ कम्पनीहरुमा अधिकांश अमेरिकी रहेका र यी कम्पनीहरुले यो वर्ष को अन्त्यसम्म रुसी भूमिमा आफ्ना कार्यालय स्थापना नगरेमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको हो।

उक्त आदेश राज्यको सञ्चार नियामक रोस्कोम्नाजोरले गत सोमबार जारी गरेको हो। आदेशका क्रममा ती कम्पनीहरुले के के गर्नुपर्ने र यसअघि नै रुसमा कार्यालय खोलेका यस्ता कम्पनीहरुले के गरिरहेछन् भन्ने कुरामा प्रकाश पारिएको थियो।

दैनिक ५ लाखभन्दा बढी यूजर भएका विदेशी सोसल मिडिया जायन्टहरुले रुसमा कार्यालय खोल्नैपर्ने नयाँ कानून रुसमा गत जुलाइमा लागू गरिएको थियो।

मंगलबार प्रकाशित सूचीमा रहेका कम्पनीको काम पहिलो पटक सार्वजनिक गरिएको हो।

उक्त सूचीमा परेका कम्पनीहरुमा अल्फाबेटको गुगल, फेसबुक, ट्विटर, टिकटक तथा मेसेजिङ एप टेलिग्राम लगायतका रहेका छन्। यी सबैलाई यसै वर्ष रुसले अवैध मानेका सामग्री डिलिट नगरेकोमा जरिबाना गरेको थियो।

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार