मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुको लागि निशुल्क दन्त शिविर

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुको लागि निशुल्क दन्त शिविर

काठमाडौं ।

काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुबिधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ।

कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिवार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परिक्षण गरिएको थियो।

मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई सुबिधा दिने उद्धेश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्त शिविर संचालन गरेको हो ।

मेट्रो अनलाइन ट्याक्सीका बजार व्यबस्थापन प्रमुख सुर्य तामाङ्गले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिकरुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए।

सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निशुल्क प्रदान गरिएको थियो।

शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका संचालक डा. सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेको कम्पनीले जानकारी दिएको छ।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ।यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...