भारतीय प्रहरीद्वारा अमेजनका कार्यकारीमाथि गाँजा तस्करीको मुद्दा

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
भारतीय प्रहरीद्वारा अमेजनका कार्यकारीमाथि गाँजा तस्करीको मुद्दा

काठमाडौं ।

भारतीय प्रहरीद्वारा अमेजन डटकमको स्थानीय कार्यालयका कार्यकारीहरुमाथि गाँजा तस्करीको आरोपमा मुद्दा दायर गरेको छ।

कम्पनीको एउटा स्थानीय रिटेलरमार्फत् गाँजा बेचेको प्रहरीको भनाइ छ।

मध्य प्रदेश प्रहरीले गत नोभेम्बर १४ मा २० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अमेजन इन्डियाको वेबसाइटमार्फत् अर्डर लिएर स्टेभियाको पातको रुपमा उक्त गाँजा तस्करी गर्ने गरेको पाइएको छ।

राज्य प्रहरीले विज्ञप्तिमा अमेजन इन्डियाका कार्यकारी निर्देशकहरुको उत्तर र बुझाइएको दस्तावेजमा फेरबदल भएका कारण नार्कोटिक ड्रग्स एन्ड साइकोट्रपिक सब्स्टास एक्ट अन्तर्गत मुद्दा दायर गरिएको बताएको छ।

तर प्रहरीले कति जना कार्यकारीहरुमाथि मुद्दा दायर गरेको भने खुलाएको छैन।

गाँजा तस्करी प्रकरणमा अमेजनका कार्यकारीहरुलाई सोधपूछमा बोलाएको प्रहरीले अहिलेसम्म १ लाख ४८ हजार डलर बराबरको १ हजार किलो गाँजा अमेजनमार्फत् बिक्री भइसकेको बताएको छ।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...