
काठमाडौं ।
प्रक्षेपण स्टार्टअप आस्ट्राको अन्तरिक्षयान पहिलो पटक अर्बिटमा पुगेको छ।
टेकक्रन्चका अनुसार आस्ट्रा नोभेम्बर २० को राति १ बजे ईटीमा रकेट ३ बूस्टरमार्फत् आस्त्राले आफ्नो अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो।
उक्त स्टार्टअपले यूए एयरफोर्सको र्यापिड अजाइल लञ्च इनिशियटिभको प्रदर्शनका लागि ३१० माइलमाथिको अर्बिटमा आफ्नो मास सिमुलेटर पठाएको हो।
आस्ट्राका यसकअघि अर्बिटमा पुग्ने तीनओटा प्रयासहरु असफल भइसकेका छन्। चाैथो प्रयासमा उक्त स्टार्टअपले आफ्नो पहिलो सफलता पाएको हो।
उक्त यान अर्बिटसम्म पुगे पनि त्यसभित्र जानका लागि आवश्यक गति भने प्राप्त गर्न सकेको थिएन।
कम्पनीका प्रमुख क्रिस केम्पल ट्विटरमा सफलताका बावजूद आस्त्रा भर्खरै शुरुवाती चरणमा रहेको उल्लेख गरेका थिए।
उनले यो सारै महत्वपूर्ण क्षण भएको बताएका छन्। अहिले पनि अन्तरिक्षमा जान इच्छुक अनुसन्धाता र कम्पनीहरुसँग धेरै विकल्प छैन। उनीहरुले कि त स्पेसएक्सको राइड शेयरिङमार्फत् वा रकेट ल्याबजस्ता केही संस्थासँग समन्वय गरेर जानुपर्ने हुन्छ।
आस्ट्राले सकेसम्म छिटो आफ्नो आधुनिक रकेट बनाउनेमा आशावादी रहेको उनको भनाइ छ। यसो भएको खण्डमा साना सामग्रीहरु सजिलै र समयमै अन्तरिक्षमा पुर्याउन सकिने आकलन गरिएको छ। यसबाट अन्तरिक्षमा जान अझ सहज र सुपथ हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ मंसिर २०७८, आईतवार