संयुक्तरुपमा अनुसन्धानको काम गर्न आविस्कार केन्द्र र नेपाली सेनाबीच सम्झौता

  • Technology Khabar | १ मंसिर २०७८, बुधबार
संयुक्तरुपमा अनुसन्धानको काम गर्न आविस्कार केन्द्र र नेपाली सेनाबीच सम्झौता

काठमाडौं ।

नेपाल आविस्कार केन्द्रले नेपाली सेनासँग संयुक्तरुपमाअनुसन्धानको काम गर्ने भएको छ।

नेपाली सेनाको “श्री शोध तथा बिकास महानिर्देशनालय” सँग सो बारेमा आविस्कार केन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतापछि अनुसन्धानको काममा बिशेषज्ञ आदानप्रदान, प्रयोगशाला प्रयोग तथा आपसी सहयोगको लागी उक्त महानिर्देशनालय र आविष्कार केन्द्रले एक आपसमा सहकार्य गर्ने भएका छन् ।

केन्द्रका संस्थापक डा महाविर पुनले समान उद्देश्य भएको हुँदा दुबै संस्थाहरुले सहकार्य गरेको जानकारी दिएका छन्।

प्रकाशित: १ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...