
काठमाडौं ।
रेडमी नोट ११टी फाइभजी आगामी नोभेम्बर ३० मा सार्वजनिक हुने निश्चित भएको छ।
केही समयअघिदेखि चिनियाँ ब्रान्ड शाओमीले उक्त मितिमा रेडमी नोट ११टी प्रो ल्याउने हल्ला चलिरहेकोमा गत सोमबार कम्पनीले आधिकारिक पुष्टि गरेको हो।
उक्त डिभाइस अमेजनमा सूचीकृत भएको र यसका लागि अमेजनले आफ्नो साइटमा आकर्षक मार्केटिङ स्लोगलनसहित एउटा छुट्टै पेज नै उपलब्ध गराएको छ। तर यसमा स्पेसिफिकेसन भने समावेश गरिएको छैन।
यो स्मार्टफोन चीनमा रेडमी नोट ११ फाइभजीका नामले बिक्री हुने पोको एम४ प्रो नै रहेकाले यसको मूल्य १५ हजार भारु अर्थात् लगभग २०० डलर पर्ने आकलन गरिएको छ।
कुनै विवरण उपलब्ध नभए पनि यसमा डाइमेन्सिटी ८१० चिपसेट र डुअल क्यामरा सेटअप रहने बुझिएको छ।
प्रकाशित: १ मंसिर २०७८, बुधबार