हङकङमा आईपीओ निकाल्ने संस्थाहरुमाथि साइबर सेक्युरिटी समीक्षा गर्ने चीनका नियामकको प्रस्ताव

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
हङकङमा आईपीओ निकाल्ने संस्थाहरुमाथि साइबर सेक्युरिटी समीक्षा गर्ने चीनका नियामकको प्रस्ताव

काठमाडौं ।

चीनको साइबरस्पेस नियामक संस्थाले आइतबार हङकङको शेयर बजारमा आईपीओ निकाल्ने केही कम्पनीकहरुको साइबर सुरक्षा समीक्षा गर्नुपर्ने प्रस्ताव गरेको छ।

उनीहरुले राष्ट्रिय सुरक्षामा आँच आउने खालका तथ्याङ्क तथा विवरणहरु प्रयोग गरेको हुनसक्ने आधारमा यस्तो समीक्षाको प्रस्ताव भएको बुझिएको छ।

उक्त प्रस्ताव अनुसार आफ्ना मुख्यालय खोलेर विदेशमा चलिरहेका वा अनुसन्धान केन्द्र चलाइरहेका ठूला इन्टरनेट प्लेटफर्महरुले पनि नियामकहरुलाई रिपोर्ट बुझाउनु पर्ने साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले मस्याैदामा उल्लेख गरेको छ।

नियामकको विच्याट एकाउन्टमा प्रकाशित उक्त दस्तावेजमा इन्टरनेट प्लेटफर्मले गोपनीयता नीति बनाउँदा वा संशोधन गर्दा त्यसले प्रयोगकर्ताको अधिकार र रुचीलाई असर पार्न सक्ने भएकाले सर्वसाधारणको राय लिनुपर्ने उल्लेख गरिएको छ।

यसैगरी दैनिक १० करोड एक्टिभ यूजर भएका संस्थाहरुले तेस्रो पक्षका एजेन्सीले समीक्षा गरेर सुझाव दिए अनुसारको संशोधन गर्नुपर्ने साथै सरकारी अनुमोदन पनि प्राप्त गर्नुपर्ने प्रस्तावित मस्याैदामा प्रावधान राखिएको छ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार