सबै भन्सार कार्यालयहरुमा अनलाइन पेमेन्टको व्यवस्था अविलम्ब गर्न चेम्बरको माग

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
सबै भन्सार कार्यालयहरुमा अनलाइन पेमेन्टको व्यवस्था अविलम्ब गर्न चेम्बरको माग

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्स अन्तरगतको कर, राजश्व तथा भन्सार समितिले भन्सार विभागलाई विभिन्न ११ बुँदे सुझाव दिएको छ। जसमा चेम्बरले अनलाइन भुक्तानीको व्यवस्था गर्न समेत भनेको छ।

चेम्बरले विभागका महानिर्देशकलाई पत्र पठाउँदै विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँचपास नभई मालसामानका गाडीहरु धेरै नै क्युमा रहेको र भन्सार कार्यालयहरुमा पर्याप्त मात्रामा कर्मचारी समेत नरहेको भन्ने गुनासाहरु व्यापारीबाट आएको जानकारी गराएको हो ।

सो सुझाबअन्तरगत चेम्बरले सबै भन्सार कार्यालयहरुमा भुक्तानी गर्न अनलाइन पेमेन्टको व्यवस्था अविलम्ब गर्नुपर्ने माग गरेको हो ।

सो सुझाबअनुसार ब्यापार सहजिकरण गरिनुपर्ने, कारोबार मुल्यलाई मान्यता दिनुपर्ने,  भौतिक पूर्वाधार लगायत आवश्यक दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका माग तथा सुझाबहरु दिएको हो।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार