
काठमाडौं ।
बाइटडान्स अन्तर्गत रहेको टिकटकको चिनियाँ भर्सन डुइनले शुक्रबार आफूलाई टेन्सेन्टबाट उसको कपिराइट अर्थात् सर्वाधिकार भएका चलचित्र तथा टेलिभिजन शो का छोटा भिडियो प्रसारण गर्न आग्रह गरेको बताएको छ।
टेन्सेन्टको यो कदम खुला इन्टरनेट बनाउने चिनियाँ नियामकको आवश्यकता परिपूर्ति गर्नका लागि आएको डुइनले विज्ञप्तिमा जनाएको छ। यसका साथै डुइनले आफूहरु टेन्सेन्टको कपिराइट भएका सामग्री आफ्नो प्लेटफर्ममा शेयर गर्न पाउँदा हर्षित भएको पनि थपेको छ।
गत अगस्टमा टेन्सेन्टले प्रतिलिपि अधिकारको मुद्दा हालेपछि डुइनले हजारो सङ्ख्यामा प्रयोगकर्ताले बनाएको टेन्सेन्टले निर्माण गरेको एउटा टेलिभिजन शोसँग सम्बन्धित भिडियो सामग्रीहरु हटाएको थियो।
बाइटडान्सले पनि गत शुक्रबार आफ्नो विज्ञप्तिमा आफूले निरन्तर रुपमा टेन्सेन्टको मेसेजिङ एप विच्याटलाई डुइन तथा उसको भिडियो स्ट्रिमिङ एप शिगुआको शेयरिङ र लग इन फङ्शन रिस्टोर गर्न आग्रह गरेको बताएको छ।
विच्याट प्रयोगकर्ताले अब नयाँ भर्सनमा अपडेट गरेपछि डुइन तथा शिगुआका लिंकहरु शेयर गर्न सक्नेछन्।
टेन्सेन्टले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन।
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार