भारतमा १५ दिनसम्म स्मार्टफोन सित्तैमा चलाउन पाईने, मन नपरेमा पूरै रकम फिर्ता दिईने

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
भारतमा १५ दिनसम्म स्मार्टफोन सित्तैमा चलाउन पाईने, मन नपरेमा पूरै रकम फिर्ता दिईने

काठमाडौं ।

छिमेकी देश भारतको इकमर्श कम्पनी फ्लिपकार्टले आफ्ना प्रयोगकर्ताहरूलाई विशेष अफर दिएको छ। अब प्रयोगकर्ताले स्मार्टफोन खरिद गरेको १५ दिनसम्म प्रयोग गर्न र सो फोन मन नपरेको खण्डमा फिर्ता गर्न सक्नेछन् । प्रयोगकर्ताले आफ्नो सम्पूर्ण पैसा रिफण्डको रूपमा फिर्ता पाउने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

यद्यपि यो अफर सबै स्मार्टफोनमा नभई प्रिमियम स्मार्टफोनमा मात्रै छ। सुरुवातमा फ्लिपकार्ट र सामसङबीच लभ इट वा रिटर्न इट नामको यो कार्यक्रम अन्तर्गत सम्झौता भइसकेको बताईएको छ।

यो कार्यक्रमअन्तरगत सामसङका फोल्ड गर्न मिल्ने डिभाइसहरु सामसङ ग्यालेक्जी जेड फोल्ड ३ र ग्यालेक्जी जेड फ्लिप ३ लाई परीक्षणको लागि ग्राहकहरूलाई उपलब्ध गराइनेछ। फ्लिपकार्टको कार्यक्रम हाल भारतका बैंगलोर, हैदरावाद, पुणे, दिल्ली, मुम्बईलगायतका प्रमुख शहरहरुमा चलिरहेको छ।

यी दुवै सामसङ ग्यालेक्सी स्मार्टफोनको मूल्य भारतमा भारु १ लाख रुपैयाँभन्दा बढी छ।

यो लाभ लिनको लागि, ग्राहकहरूले फ्लिपकार्टमा अर्डर गर्नुपर्नेछ, त्यसपछि उनीहरूले १५ दिनसम्म डिभाइसको अनुभव गर्ने मौका पाउनेछन्। यसपछि ग्राहकले स्मार्टफोन मन नपराएमा फिर्ता पाउन सक्नेछन् । रिटर्नका क्रममा कम्पनीले स्मार्टफोन ठीक अवस्थामा छ वा छैन भनी जाँच गर्नेछ, त्यसपछि ग्राहकलाई पैसा फिर्ता गरिने मिडिया रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार