
काठमाडौं ।
फेसबुकले हालै आफ्ना विज्ञापनकर्तालाई स्वास्थ्य, योन अभिमुखीकरण तथा धार्मिक र राजनीतिक आस्थाजस्ता सम्भाव्य ‘गम्भीर’ विषयमा आधारित भएर प्रयोगकर्तामाथि लक्षित हुन नदिने घोषणा गरेको छ।
‘फोक्सोको क्यान्सर सचेतना’, ‘एलजीबीटी संस्कृति’, ‘जुइस होलिडेज’ आदि केही यस्ता विषय हुन् जसलाई आउँदो सन् २०२२ को शुरुवातबाछ विज्ञापनकर्ताले लक्षित गर्न पाउने छैनन्।
यो परिवर्तनले केही व्यवसाय तथा संगठनहरुमाथि नकारात्मक प्रभाव पर्ने थाहा हुँदाहुँदै यो ‘विस्तृत लक्षित’ अप्शन हटाउने निर्णय सजिलो थिएन’, कम्पनीले एउटा ब्लगमा उल्लेख गरेको छ।
कम्पनीले नागरिक अधिकार समूह, नीति निर्माता तथा अन्य साझेदारहरुको योगदानका हिसाबले पनि यो निर्णयमा पुग्नुपरेको बताएको छ।
विज्ञापनबाट उठ्ने शुल्क नै फेसबुकको आम्दानीको प्रमुख श्रोत हो। यसैले विज्ञापन नीतिमा कुनै पनि प्रकारको परिवर्तनले कम्पनीमा निकै महत्व राख्ने गर्छ।
फेसबुकले लक्षित यूजरलाई उनीहरुका प्रोफाइलमा राखिएका विवरणमा आधारित भएर लक्षित वर्ग निर्धारण गर्ने गर्छ। तर यसले यूजरका प्रोफाइलमा राखिएका योनिक अभिमुखीकरणका आधारमा लक्षित वर्ग निर्धारण गर्न भने नदिने गरेको टेकक्रन्चलाई बताएको छ।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार