प्रदेश नम्बर १ मा टेलिफोन संख्या ४५ लाख ५५ हजार पुग्यो, इन्टरनेट सेवा प्रयोगकर्ताहरु ५१ हजार

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
प्रदेश नम्बर १ मा टेलिफोन संख्या ४५ लाख ५५ हजार पुग्यो, इन्टरनेट सेवा प्रयोगकर्ताहरु ५१ हजार

काठमाडौं ।

प्रदेश नम्बर १ मा सञ्चार क्षेत्रको वृद्धिदरमा कमी आएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको प्रदेश १ को आर्थिक गतिबिधि अध्ययनको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा टेलिफोन संख्या ४५ लाख ५५ हजार पुगेको छ।

बिराटनगर कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तसम्म प्रदेश नं. १ मा कुल वितरित टेलिफोन संख्या १.५ प्रतिशतले वृद्धि भई ४५ लाख ५५ हजार पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल टेलिफोनको संख्या १.९ प्रतिशतले बढेको थियो। यसमा नेपाल टेलिकम र एनसेल सेवाका प्रयोगकर्ताहरुको तथ्यांक जोडिएको छ।

त्यसैगरी इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या १४.६ प्रतिशतले वृद्धि भई ५१ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २१.४ प्रतिशतले बढको थियो ।

यो संख्या भने नेपाल टेलिकमको सेवा प्रदायकहरुको मात्र रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसको अर्थ अन्य निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको तथ्यांकलाई यसमा समावेश गरिएको छैन् ।

प्रतिवेदनअनुसार जिल्लागतरुपमा हेर्दा कुल बितरित टेलिफोन सेवाको प्रयोगकर्ता सबैभन्दा धेरै मोरङ्ग जिल्लामा छन भने त्यसपछि झापा जिल्लामा रहेको देखिन्छ। मोरङ्गमा २२ प्रतिशत टेलिफोन बितरण गरिएको छ भने झापामा २१ प्रतिशत रहेको छ । त्यस्तै सुनसरी जिल्लाको हिस्सा २१ प्रतिशत रहेको छ। त्यसैगरी पाँच जिल्लाको सबैभन्दा न्यून अवस्था छ। जसमा सोलुखुम्बु, ताप्लेजुङ्ग भोजपुर, ओखलढुंङ्गा तेह्रथुममा २ प्रतिशत टेलिफोन प्रयोग भएको छ। बाँकी अन्य जिल्लाहरुमा रहेको छ।

प्रदेश नम्बर १ मा १४ वटा जिल्लाहरु रहेका छन्।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार