चीनद्वारा पृथ्वी विज्ञान स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
चीनद्वारा पृथ्वी विज्ञान स्याटेलाइट प्रक्षेपण
सांकेतिक तस्बिर

काठमाडौं ।

चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ।

गुआङ्मु नामक स्याटेलाइट (उपग्रह)लाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएकोछ।

प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेजद्वारा विकसित, उपग्रह विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।

तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकासबीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार