
काठमाडौं ।
लोकप्रिय अडियो च्याट एप क्लबहाउसले विश्वभर विभिन्न भाषाभाषीहरु बिच आफ्नो पहुँच विस्तार गर्न आफ्नो एपमा १३ नयाँ भाषाहरू थपेको छ।
यसले फ्रेन्च, जर्मन, जापानी, कोरियाली, इटालियन, हिन्दी लगायतका १३ नयाँ भाषाहरूमा एन्ड्रोइड फोनका प्रयोगकर्ताहरूका लागि मातृभाषा समर्थन प्रणाली रोल आउट गर्ने कम्पनीले बताएको छ।
क्लबहाउस, एक सामाजिक सञ्जाल प्लेटफर्म जसले सामूहिक कुराकानीलाई सुविधा दिन्छ, यसले पछिल्लो वर्षहरुमा विश्व बजारमा ठूलो प्रगति गरेको छ। यसले चाँडै प्रयोगकर्ताहरूका लागि रिप्ले फिचर पनि रोल आउट गर्नेछ जसले गर्दा तिनीहरूले यो समाप्त भएपछि रुम्सबाट उनीहरूको कुराकानी सुन्न सक्नेछन्।
यी हुन १३ भाषाहरू
क्लबहाउसले आफ्नो एपमा थप गरेका १३ नयाँ भाषाहरूमा- हिन्दी, कन्नड, मलयालम, तमिल, तेलुगु, फ्रेन्च, जर्मन, इन्डोनेसियाली, जापानी, कोरियाली, इटालियन, पोर्तुगाली (ब्राजिल) र स्पेनिश छन्।
क्लबहाउसका अन्तर्राष्ट्रिय प्रमुख आरती रामामूर्तिले स्थानीय भाषा सहकार्य प्रणालीको उच्च माग रहेको बताइन् ।
सामाजिक अडियो एप क्लबहाउसको लागि भाषा समर्थन अहिले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ र चाँडै नै विश्वव्यापी आईओएस प्रयोगकर्ताहरूका लागि रोल आउट हुनेछ।
प्रकाशित: १९ कार्तिक २०७८, शुक्रबार