प्रविधि माथिको कडाइका बीच चीनको सिंगल्स डे शपिङ इभेन्ट शुरु

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
प्रविधि माथिको कडाइका बीच चीनको सिंगल्स डे शपिङ इभेन्ट शुरु

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो शपिङ इभेन्ट सिंगल्स डे चीनमा शुरु भएको छ।

तर यस पाला भने चीनका ई-कमर्स जायन्टहरुले सुस्त आर्थिक वृद्धि तथा स्थानीय नियामकको लगातारको कडाइको पनि सामना गर्नुपर्ने भएको छ।

डबल ११ नामले पनि चिनिने सिंगल्स डे नोभेम्बर ११ मा चीनमा पर्ने गर्दछ। यो चलन सन् १९९० बाट चीनका विभिन्न विश्वविद्यालयका पुरुषहरुले एक्लो भएको हिसाबले मनाउन शुरु गरेको भनाइ छ।

सन् २००९ मा चिनियाँ ई-कमर्स जायन्ट अलिबाबाले उक्त दिन पहिलो पटक शपिङ इभेन्ट आयोजना गरेको थियो जसमा टीमल शपिङ प्लेटफर्ममा भारी छुट दिइएको थियो।

त्यसपछि चीनका थुप्रै अनलाइन शपिङ कम्पनीहरुले अलिबाबाकै सिको गर्दै सिंगल्स डेलाई ब्ल्याक फ्राइडे तथा साइबर मन्डे भन्दा पनि ठूलो इभेन्ट बनाउँदै आएका छन्।

जेडी डटकम तथा अलिबाबाले गत अक्टोबर २० मै प्रचार प्रसार गरेर उपभोक्तालाई सामानका लागि डिपोजिट राखेर भारी छुट सुरक्षित गर्ने मोका प्रदान गरेको थियो।

त्यसपछिको अर्को भारी छुट आइतबार जेडी डटकम तथा सोमबार अलिबाबामा शुरु भएको थियो।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Orientation session held in Itahari under “Digital and IT-Enabled Business Incubation Service (BIS) Program 2026”

  • Technology Khabar
  • १६ कार्तिक २०७८, मंगलवार