जुकरबर्गले फेसबुकको नेतृत्व छोड्नुपर्ने होगनको भनाइ

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
जुकरबर्गले फेसबुकको नेतृत्व छोड्नुपर्ने होगनको भनाइ

काठमाडौं ।

आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा फेसबुकको आन्तरिक जानकारी बाहिर ल्याएर चर्चित ह्विशलब्लोअर फ्रान्सेस होगनले मार्क जुकरबर्गले फेसबुकको नेतृत्व छोड्नुपर्ने अभिव्यक्ति दिएकी छिन्।

उनले जुकरबर्गलाई रिब्रान्डिङमा स्रोत साधन खर्च गर्नुको सट्टा नेतृत्व छोडेर फेसबुकमा परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी हुन्।

‘मार्क जुकरबर्ग सीईओका रुपमा रहिरहे कम्पनीमा परिवर्तन आउलाजस्तो मलाई लाग्दैन’, होगनले सोमबार वेब समिटको शुरुवातमा भनिन्।

वेब समिट हजारोको उपस्थितिमा पोर्चुगलको राजधानी शहर लिस्वनमा हुन लागेको प्रविधि समारोह हो।

जुकरबर्गले नेतृत्व छोड्नुपर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा फेसबुककी पूर्व प्रडक्ट म्यानेजर रहेकी होगनले भनिन्, ‘यो कुनै व्यक्तिको लागि शायद कम्पनीको बागडोर सम्हाल्ने सुवर्ण अवसर हुन सक्छ…सुरक्षामा केन्द्रित हुने कुनै व्यक्तिको नेतृत्व पाएमा फेसबुक अझ मजबुत बन्न सक्छ।’

झण्डै ३ अर्ब यूजर रहेका यो सामाजिक सञ्जालले गत हप्ता आफ्नो नाम फेसबुकबाट मेटामा परिवर्तन गरेको थियो। यो रिब्रान्डिङ मेटाभर्स निर्माणको क्रममा गरिएको कम्पनीले जनाएको थियो।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Orientation session held in Itahari under “Digital and IT-Enabled Business Incubation Service (BIS) Program 2026”

  • Technology Khabar
  • १६ कार्तिक २०७८, मंगलवार