टेस्लाले हालसम्म हर्जसँग सम्झौतामा हस्ताक्षर नगरेको इलन मस्कको भनाई

  • Technology Khabar | १६ कार्तिक २०७८, मंगलवार
टेस्लाले हालसम्म हर्जसँग सम्झौतामा हस्ताक्षर नगरेको इलन मस्कको भनाई

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले सोमबार इलेक्ट्रिक भेहिकल कम्पनीले कार भाडामा उपलब्ध गराउने रेन्टल कार कम्पनी हर्जसँग सम्झौता गर्न बाँकी रहेको बताएका छन्।

मस्कको ट्वीटले अक्टोबर २५ मा हर्जद्वारा जारी गरिएको पूर्व घोषणा र विज्ञापनको विरोध गरेको देखिन्छ।

जब हर्जले ब्याट्रीमा आधारित इलेक्ट्रिक गाडीहरूको फ्लीटलाई “२०२२ को अन्त्यसम्ममा १ लाख टेस्लाको प्रारम्भिक अर्डर” को साथ बढाउने घोषणासँगै टेस्लाले एक हप्ता अघि पहिलो पटक १० खर्ब डलर मार्केट क्यापमा हिट गर्यो।

हर्जका अन्तरिम सीईओ मार्क फिल्ड्सले गत हप्ता भाडामा लिने कम्पनीले टेस्लासँग धेरै महिना अघि गाडी खरिद गर्ने बारे कुरा गर्न थालेको बताएका थिए ।

तर मस्कले हालसम्म त्यस बारेमा कुनै सम्झौता नभएको जानकारी ट्वीटमा दिएका छन् । उनले सो सम्झौताले कम्पनीको अर्थतन्त्रमा शुन्य असर गर्ने समेत बताए ।

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Orientation session held in Itahari under “Digital and IT-Enabled Business Incubation Service (BIS) Program 2026”

  • Technology Khabar
  • १६ कार्तिक २०७८, मंगलवार